रोचक

छिमेकीको कुकुर*सँग अवै*ध यौ*न सम्बन्ध राखेको भन्दै मालिकले घरबाट निकालेपछि…

काठमाडौं । अहिले कुकुर पाल्नु एक फेशनजस्तै भएको छ । हरेक सम्पन्न परिवारमा कुकुर देख्न सकिन्छ । सामान्य रुपमा हेर्दा एक सामान्य मानिसको भन्दा धनी व्यक्तिहरुको घरमा कुकुरले धेरै सुविधा पाउँछ । तर कहिलेकाँही कुकुरलाई लिएर अनेक घटना बाहिर आउँछन् ।

अहिले एक कुकुर मालिकले आफ्नो कुकुरले छिमेकीको कुकुरसँग अवैध सम्बन्ध राखेको भन्दै घर निकाला गरेका छन् । यो घटना सत्य हो तर नेपालको भने होईन् । भारतको तिरवंतपुरममा एक तीन वर्षको पमेरियन कुकुरलाई उनका मालिकले अर्को कुकुरसँग सम्बन्ध बनाएको आरोप लगाउँदै घरबाट निकालेका हुन् । यो घटनाले अहिले सबै चकित भएका छन् । उनले आफ्नो कुकुरमा नैतिकता नभएको भनेका छन् ।

उनको कुकुरलाई अहिले एक संस्थाले जिम्मा लिएको छ । कुकुरलाई जिम्मा लिएका अधिकारी (शमीम)का अनुसार यो वास्तवमा सुन्दर छ । यसलाई कसैले चाँडै लैजानेछ तर कुकुरलाई हेर्दा उसको पुरानो मालिक फर्केर आउँने विश्वास गरिएको छ । शमीमले कुकुरसँगै मालिकद्धारा लेखिएको एक चिठ्ठी पाएपछि उनी चकित भएका हुन् । चिठ्ठीमा भनिएको छ, ‘यो एकदमै सुन्दर कुकुर (स्त्री प्रजाती) को हो ।

यसले धेरै खाना खाँदैन, आजसम्म बिरामी भएको छैन । यसलाई हरेक ५ दिनको अन्तरमा नुहाउनुपर्छ । आजसम्म कसैलाई टोकेको छैन । खानामा दुध र अण्डा मन पराउँछ ।’ मालिकले अन्त्यमा भनेका छन्, ‘यसलाई यसकारण घरबाट निकालिएको छ कि यसले छिमेकीको कुकुरसँग अवैध सम्बन्ध राख्यो ।’ यो चिट्ठी मलयाली भाषामा लेखिएको छ ।

Related Articles

Close