समाचार

युरोपियन मुलुक माल्टामा रोजगारी दिने भन्दै ठ*गी बढ्दो

काठमाडौं : युरोपियन मुलुक माल्टामा रोजगारी दिने भन्दै ठ*गी गर्ने क्रम बढेको छ । इटालियन टापु सिसिलीको दक्षिणमा अवस्थित उक्त सानो मुलुकमा बहुराष्ट्रिय कम्पनीका लगानी बढेसँगै उद्योगहरु पनि बढेका छन् । त्यसले कामदारको माग बढाएको छ ।म्यानपावर कम्पनीमार्फत् पठाउने बै*धानिक प्रक्रिया झन्झटिलो बनाइएपछि त्यसको फाइदा शैक्षिक कन्सल्टेन्सी र केही भारतीय ए*जेण्टहरुले उठाएको देखिएको छ । लाखौं ध*रौटी राखेका म्यानपावर कम्पनीहरुले ल्याएका माग प्रमाणिकरण गर्न नेपाली नियोगहरुमा समय लाग्ने भएपछि विना लगानी खोलिएका कतिपय शैक्षिक कन्सल्टेन्सीहरुले विद्यार्थीका नाममा कामदार पठाएर प्रतिव्यक्ति १२ लाख रुपैयाँसम्म अ*सुल्ने गरेका छन् ।

तर उनीहरुमाथि अ*नुगमन भई दो*षी पक्राउ पर्न सकिएका छैनन् । शैक्षिक कन्सल्टेन्सी मार्फत गई अ*लपत्र परेपछि त्यसको दो*ष भने वैदेशिक रोजगार व्यवसायीहरु माथि सामुहिक रुपमा लाग्ने गरेका छन् ।यूरोपियन मुलुक माल्टाको आकर्षक डिमाण्ड देखाएर नेपालका म्यानपावर कम्पनी र कामदार ठ*ग्ने एक भारतीय नागरिकलाई केही समय अघि प्रहरीले प*क्राउ गरेको थियो । राजधानीको भीभी ईन्टरनेशनल प्रालिमार्फत नेपाली युवाहरुलाई आकर्षक रोजगारीमा माल्टा लैजाने भन्दै न*क्कली भिसा र अफर लेटर दिलाएर विभिन्न व्यक्तिबाट रकम उठाएको भन्दै उक्त म्यानपावर कम्पनीका सञ्चालक दावा शेर्पाले उजुरी दिएपछि राहुल पाण्डे नामक भारतीय व्यक्ति प*क्राउ परेका थिए ।

हाल माल्टामा विद्यार्थीले पनि काम गर्न अ*नुमति पाउने र ५ वर्षमा स्थायी बसोबास (पीआर) पाइन्छ भनेर भ्र*म फै*लाइ ठ*गी ध*न्दा नि*र्वाध रुपमा चलिरहेको एक प्रहरी अधिकारी बताउँछन् । नेपालबाट गतवर्ष १ हजार ७ सय ४९ जना नेपाली कामदार मात्र उक्त मुलुक पुगेका थिए । त्यसमा म्यानपावर कम्पनीबाट गएका कामदारहरको संख्या जम्मा ५ सय ४७ रहेको छ । बाँकी व्यक्तिगत भिषा, व्यक्तिगत भिषा नवीरकण र वैधानिकिकरण प्रक्रिया पुरा गरेर गएका हुन् । माल्टा पुगेपछि तीन महिनामा युरोप भन्दै छ्या*पछ्याप्ती आकर्षक विज्ञापन सामाजिक सञ्जालमा भेटिने गरेका छन् ।

युवाहरुलाई माल्टाको रोजगारीका नाममा ठ*ग्न पल्केका शैक्षिक कन्सल्टेन्सी र केही भारतीय नागरिकहरुले सामाजिक सञ्जाल भाइबर, ह्वाट्सएप र ईमो मार्फत आकर्षक विज्ञापन पठाई प्रतिघण्टा साढे ४ युरो र मासिक १ हजार ५० युरो करिब एक लाख ३० हजार रुपैयाँसम्म कमाइ र पाँच वर्षपछि पिआर हुन्छ भनी लो*भ्याउने गरेका छन् ।सन् १९६४ मा ब्रिटेनबाट स्वतन्त्रता पाएको माल्टा आ*प्रवासीका लागि युरोप प्रवेश गराउने मार्गको रूपमा प्रयोग हुँदै आएको छ । कन्टेनरहरूको पारवहनको एउटा मुख्य केन्द्रका रूपमा रहेको माल्टा बिदा मनाउने चर्चित ठाउँ पनि हो ।

त्यसले त्यहाँ रोजगारी बढाईरहेको छ । तर अ*नुगमनका अभावका माल्टामा देखिएको अवसर बेरोजगार नेपाली युवा ठ*गिने माध्यम बनेको कतिपयको भनाई छ । माल्टा जस्तै पोल्याण्ड, रोमानियालगायतका मुलुकमा भिसा दिलाइदिन सक्ने भन्दै ए*जेण्टहरुले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । त्यसको अ*नुगमन हुन नसकेको पी*डितहरुको भनाइ छ ।

Related Articles

Close