भिडियो

रवि लामिछानेका समर्थकले आफ्नो नाम लिएर मनगढन्ते प्रचार गरेको भन्दै मेयर रेनु दाहालले दिइन् यस्तो प्रतिकृया (भिडियो हेर्नुहोस )

पत्रकार शालिकराम पुडासैनी मृ त्यु प्रक रणमा आफ्नो नाम जोडेर अनावश्यक टिका टिप्पणी सामाजिक सञ्जालमा आएपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले त्यस्ता गतिविधि प्रति आ पत्ती जनाएकी छन् । सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको नाम समेत जोडेर सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्णी आइरहेका छन् । उनले आफ्नो नामलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै आ पत्ति जनाएकी छिन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थाको नाम जोडेर मानमर्दन गर्ने काम भएको भन्दै उनले आपत्ती जनाएकी हुन् । उनले आफ्नो नाम जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि सबैसँग अनुरोध गरेकी छिन् । महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ। भिडियो हेर्नुहोस

Related Articles

Close