भिडियो

अनुसन्धानबाट पत्ता लाग्यो रविको मोवाइलवाट अस्मिता र शालिकरामसंग टेलिफोनमा कुराकानीको यस्तो रहस्य (भिडियो हेर्नुहोस )

पत्रकार शालिकराम पुडासैनी प्रकरणको छानबिन गरिरहेको प्रहरीले घ टनाका विषयमा महत्वपूर्ण तथ्य फेला पारेको छ । शालिकराम पुडाशैनीले आफुले २४ टेलिभिजन छोडिसकेपछि पनि रविको समुहले आफुलाई बारम्बार दवाव दिइरहेको भिडियोमा बताएका थिए । प्रहरीले गरेको अनुसन्धानमा अस्मिता कार्कीको मोबाइलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटक–पटक सम्पर्क भएको देखिएको छ। प्रहरीले प क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको कल डिटेल हेर्दा यस्तो देखिएको हो ।

शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत पटक पटक सम्पर्क भएको देखिएपछि प्रहरीले घ टनालाई गम्भिरता पुर्वक लिएको छ । अस्मितासंग बढीमा ५ मिनेटसम्म कुराकानी गरेको कल डिटेलवाट देखिएको प्रहरील स्रोतले जनाएको छ । अनुसन्धानका क्रममा रवि लामिछानेको मोवाइलवाट भने अस्मिता वा शालिकरामसंग प्रत्यक्ष कुराकानी भएको देखिएको छैन । रविले आफु पनि मोवाइलवाट फोन नगर्ने र अरुको पनि नउठाउने गरेको बताइएको छ ।उनले सहयोगी मार्फत् मात्र मान्छेहरुसँग टेलिफोन कुराकानी गर्ने गरेका छन्। भिडियो हेर्नुहोस

Related Articles

Close