भिडियो

रविको समर्थकको लागि दुखको खबर,रवी आज छुट्ने हैन,थुनामै मुद्दा अघि बढाउने,धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुने हो (भिडियो हेर्नुहोस )

पत्रकार शालिकराम पुडासैनीलाई दुरुत्साहन गरेको अभियोगमा पक्रा परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि बयान सुरु भएको छ । अदालतमा अहिले अस्मिता कार्कीबाट बयान सुरु भएको थियो । न्यायधिश हेमन्त रावलको इजलासमा एक/एक जनाको पालैपालो बयान सुरु भएको हो । अस्मिताको बयान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको बयान सुरु हुनेछ । तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहस भोलि मात्रै हुनेछ । सरकारी वकिल कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ।

प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माका अनुसार तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो।यसअघि पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका उनीहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको थियो।उक्त कार्यालयले प्रतिवेदन अध्ययनपश्चात अदालतमा मुद्दा दर्ता गरेको हो।प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो। बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ। दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ। गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो। भिडियो हेर्नुहोस

Related Articles

Close