भिडियो

रवि लामिछानेको जिवन शैली निकै विलासी देखिएको भन्दै प्रहरीद्वारा बैंक खाता माग्यो (भिडियो हेर्नुहोस )

रवि लामिछाने लगायत तीन जना सोमवार प्रहरी हि’रासतवाट छुटे पनि अनुसन्धान प्रकृया भने अझै टुंगिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको फरक ढंगले अनुसन्धान सुरु गरेको छ ।प्रहरीले रवि लामिछानेसहित तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ । रवि लामिछाने सोमवार पाँच लाख धरौटीमा सोमवार रिहा भएका हुन् । उनी एउटा टेलिभिजिन कार्यक्रम प्रस्तोताका रुपमा न्युज २४ मा कार्यरत छन् ।उनको जिवन शैली निकै विलासी देखिएको भन्दै आम्दानीको श्रोतका बारेमा पनि अनुसन्धान गर्नुपर्ने आवाज उठेको थियो । भदौ ४ गते नै प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्दै लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

यो प्रकृया फौजदारी अ’पराध अ’नुसन्धान सिलसिलामा यो सामान्य हो । प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमै बैंक खाता विवरण मागिएको हो। अभियोग पत्र बुझाउनुअघि नै प्रहरीले बैंक खाता विवरण मागेको थियो । शालिकराम पुडाशैनीले देहत्याग गर्नु अघि रेकर्ड गरेको भिडियोमा रवि लामिछानेले कार्यक्रमको आडमा करोडौं रुपैया उठाउने गरेको बताएका छन् । भिडियोमा लगाइएको आरोपको सत्यता परीक्षण गर्न पनि बैंक खाता विवरण आवश्यक परेकाले प्रहरीले बैंक खाताको डिटेल मगाएको हो । अनुसन्धानका क्रममा लामिछानेले आर्जन गरेकोमध्ये केही रकम अमेरिका समेत पठाउने गरेको प्रहरीको आशंका छ । भिडियो हेर्नुहोस

Related Articles

Close