भिडियो

यो हो शालिकराम पुडाशैनीले प्रेमिका भेट्न कोठा भाडामा लिएको घर समाचार बाहिरीएपछि आपत पर्‍यो (भिडियो हेर्नुहोस )

काठमाडौंको टोखामा एक जना वृद्धले सञ्चार माध्यममा आएको समाचार पछि उत्पन्न परिस्थितिका कारण हृदयघातका कारण ज्यान गुमाएका छन् । शालिकराम पुडासैनी ले आफ्नाृे प्रेमिकासंग भेटघाट गर्न कोठा भाडामा लिएर राखेको भन्ने समाचार बाहिर आएपछि दिनहुँ उनको घरमा प्रहरी जान थालेपछि बृद्धलाई हृदयघात भएको हो । राष्ट्रिय स्तरको मिडियामा शालिकराम पुडाशैनीले प्रेमीका भेट्न कोठा भाडामा लिएर राखेको भन्दै समाचार बाहिरीएको थियो । सो समाचार पछि दिनहुँ उनको घरमा अनुसन्धानका लागि भन्दै प्रहरी जान थाल्यो । सो घटनाका कारण तनावमा रहेका वृद्धको हृदयघात भएको हो ।

टोखाका तारानाथ देबकोटाको सोमबार साँझ हृदयघातका कारण निधन भएको छ ।उनी आफ्नो छोरीको घरमा बस्दै आएका थिए । घटनाको अनुसन्धानका लागि भन्दै दिनहुँ छोरी गोमा न्यौपानेको घरमा प्रहरी जान थालेपछि बृद्ध तारानाथ निकै तनावका रहेको परिवारका सदस्यले बताएका छन् । ९० वर्षका वृद्धको तनावका कारण हृदयघात भएको छ । सोमबार साँझ हृदयघात भएलगत्तै उनको मृत्यु भएको थियो ।पुडासैनीले उक्त घरमा प्रेमिकालाई भेट्न कोठा भाडामा लिएका थिए । घरधनीका अनुसार प्राय जसो शनिबार उनी सो कोठामा पुग्थे । उनीसंग प्रेमिका पनि हुन्थिन् । भिडियो हेर्नुहोस

Related Articles

Close