भिडियो

रवि लामिछानेबारे चर्चित ज्योतिषले यस्तो भने,सनसनिपूर्ण खुलासा हेर्नै पर्ने भिडियो

सञ्चारकर्मी रवि लामिछानेको बारेमा ज्योतिषी दिपक सुवेदीले आशालाग्दो भविष्यवाणी गरेका छन् । सगरमाथा टेलिभिजनको हलमा भइरहेको एक कार्यक्रममा आएको प्रश्नको उत्तर दिने क्रममा ज्यो सुवेदीले रविलाई यो घटनाले विशेष उपलब्धि दिने तर्फ संकेत गरेका छन् ।विशेष ग्रह लिएर आएका व्यक्तिहरुलाई समय समयमा विभिन्न कष्ट, संघर्ष हुने तर त्यसले अन्ततः उसलाई ठूलै उपलब्धि दिने हुन्छ । दुःख पर्यो भन्दैमा डराउन हुँदैन सुवेदीले भनेका छन् । भगवान राम, कृष्ण, बुद्धको उदाहरण दिँदै उनले भने, ‘भगवानहरुलाई पनि धेरै कष्ट भएको थियो ।’ज्योतिषी, माताहरुले जे पायो त्यही बोल्दिने गरेकोले आफूहरुलाई राहत भन्दापनि तनाब बढ्ने गरेको हुनाले त्यसरी नबोलिदिन रविको परिवारको सदस्यले सुवेदीसँग भनेकाले आफूले रविको ग्रहको बारेमा विश्लेषण गरेको भए पनि अहिले हल्का नबोल्ने तर आफूले रविको बारेमा गरेको विश्लेषण नराम्रो नभएर राम्रो भएको ज्यो सुवेदीले सो भिडियोमा बताएका छन् ।

ज्यो सुवेदीले राजनीतिक क्षेत्रलागायतको पक्षमा गरेको भविष्यवाणी पुग्ने गरेका ज्योतिषी हुन् । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका लामिछाने सोमबार धरौटीमा छुटेका छन् । उनको रिहाइपछि चितवन उल्लासमय बनेको छ । उनि छुटेसँगै समर्थकहरुले खुशीयाली मनाए ।चितवन पोखरा लगायत देशका बिभिन्न स्थानमा समर्थकले अविर दलादल गरेर खुशी साटे । लामिछाने प्रकरणले अहिले देशको माहोल तातेको छ । पुडासैनी साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठमा मृत फेला परेका थिए । यस घटनामा लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्की पनि रिहा भएका छन् ।

Related Articles

Close