भिडियो

रविले भाबुक हुँदै भने ‘यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन’ (भिडियो हेर्नुहोस )

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेले आफू रिहा भएसँगै रिहाईका लागि आवाज उठाउने सम्पूर्णमा आभार प्रकट गरेका छन् । उनले रिहा भएको केही बेर पछि पत्नी निकिताको फेसबुक लाइभबाट सम्पूर्ण सहयोगी हातप्रति हृदयदेखि धन्यवाद प्रकट गरेका हुन् । उनले दशृकहरुलाई धन्यबाद पनि कम हुने बताएका छन् ।उनले अदालतबाट रिहाई हुने वित्तिकै चितवनमा जम्मा भएका सम्पूर्ण समर्थकहरुसँग आजै माया तथा सद्भाव साँटासाँट गर्ने योजना भए पनि भीड सम्हाल्न नसिकिने भएका कारण त्यसो हुन नसकेको बताएका छन् । उनले आफुमा अझै धेरै जिम्मेबारी थपिएको बताएका छन् ।

उनले सम्मानित अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै अदालतलाई पूर्ण सहयोग रहने बताएका छन् । उनले चितवनमा आउनुभएका सम्पूर्ण शुभचिन्तकहरुसँग माया सद्भाव साँटेरमात्र काठमाडौं फर्किने बाँचा समेत गरेका छन् । उनले सवैप्रति अन्तर्मनदेखि धन्यवाद दिँदै सत्यको लागि कहिल्यै नडग्मगाउने बताएका छन् ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्।रवि लामिछानेलाई पाँच लाख , युवराज कँडेललाई तीन लाख र अस्मिता काकीलाई साधारण तारिखमा रिहा गरिएको हो । यसै बिच रवि सहित तिनै जनालाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको चितवन अदालतले जनाएको छ । भिडियो हेर्नुहोस

Related Articles

Close