भिडियो

हाम्राे कार्यक्रम जनताकै लागि हाे, जनताका कुरा उठाउन फेरि पनि कुनै कमी हुने छैन : रवि लामिछाने (भिडियो हेर्नुहोस )

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले प्रहरीकाे नियन्त्रणमा रहेको समयमा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ। रि*हा भएपछि मंगलबार बिहान चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुवै सञ्चार कर्मीले सहयोग तथा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको हाे ।जनताको विषयमा कुरा उठाउने काममा कुनै कमी नहुने दुवै सञ्चारकर्मीले प्रतिबद्धता समेत जाहेर गर्नुभएकाे छ। सिधाकुरा जनतासँग कार्यक्रमका सञ्चालक लामिछानेले आफूले गर्ने कार्यक्रम राजनीतिक नभई सर्वसाधारण जनताका पीडा-मर्मका विषयमा भएको भन्दै राजनीतिसँग जोडेर नहेर्न आग्रह समेत गर्नुभयो । साउन ३० गते दुवै सञ्चार कर्मीलाई न्युज ट्वान्टी २४ काे पानीपोखरी स्थित कार्यालयबाट प*क्राउ गरिएको थियो ।

साउन २० मा चितवनको कंगारु होटलमा मृत अवस्थामा भेटिएका न्युज २४ कै पूर्व सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्मह*त्या दुरुत्साहन सम्बन्धमा छान विनका लागि नियन्त्रणमा लिइएको थियो। जिल्ला अदातल चितवनको आदेशअनुसारको धरौटी बुझाएर गए राति उहाँहरु रिहा हुनु भएको छ । रिहा गरेपछि प्रतिक्रया व्यक्त गर्दै संचारकर्मी लामिछानेले अदालत प्रति आफूलाई विश्वास भएको बताउनु भएको थियाे ।संचारकर्मी शालिकराम पुडासैनी मृ*त्यु प्रकरण सम्बन्धी दु*रुत्साहन मुद्दामा हिजो जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कडेललाई क्रमशः पाँच र तीन लाख रुपैया धरौटी बुझाउने आदेश दिनु भएको थियो । त्यसैगरी अस्मिता भनिने रुकु कार्कीलाई सामान्य तारेखमा छाड्ने अदालतले आदेश दिएको थियो । भिडियो हेर्नुहोस

Related Articles

Close