रोचक

कलंकी–कोटेश्वर सडकमा पनि साग खेलकुद सञ्चालन हुने, ट्राफिकको सूचना – गाडी नचलाउनू !

चक्रपथ सडकमा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत ‘साइकलिङ रेस च्याम्पियनशीप’ हुने भएपछि ट्राफिक प्रहरीले सर्वसाधारणका लागि सार्वजनिक सूचना जारी गरेको छ ।

साइकलिङ प्रतियोगिता हुने दिन मंसिर २० गते शुक्रवार र २१ गते शनिवार चक्रपथमा सवारीसाधन चलाउँदा ख्याल गर्न र वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले अनुरोध जारी गर्दै शुक्रवार कलंकी–कोटेश्वर सडकखण्डमा आवतजावत गर्दा सर्भिस लेन प्रयोग गर्न अनुरोध गरेको छ ।

मंसिर २१ गते शनिवार कलंकीदेखि सूर्यविनायक सडकखण्डमा खेल हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

यस्तो छ ट्राफिकको अनुरोध –

Related Articles

Close