समाचार

संसारलाई चकित बनाउने त्यो विज्ञापन – घर किन्दा श्रीमती सित्तैमा !

एजेन्सी । तपाई हामीले व्यापारमा विभिन्न अफर राखेर ग्राहकलाई आकर्षित गरेको देख्दै आएका छौं । तर संसारमा यस्ता कुरा पनि हुन्छन् जुन कुरा पत्याउनै गाह्रो हुन्छ । केहि समयअगाडि विज्ञापनको बजारमा चुनौति दिँदै इण्डोनेशियामा घर किन्दा श्रीमती सित्तैमा भन्ने अनौठो अफरसहितको विज्ञापन बजारमा आयो जुन संसारभरीनै निकै चर्चित बन्न पुग्यो ।

विज्ञापनमा एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युपछि एकल महिलाको रुपमा रहेकी थिइन् ।

उक्त अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो भएपनि यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’यो विज्ञापनले संसारभरनै तहल्का पिटेको थियो जुन इण्टरनेटमा भाइरल समेत बनेको थियो ।

जाभा द्विपस्थित स्लेम्यानमा रहेको साे घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको थियाे । सो विज्ञापनलाई कतिपयले आश्चर्यजनक रुपमा लिएपनि विश्लेषकहरुले भने आर्थिक लेनदेन अर्थात खरिद बिक्रीमा सामाजिक सद्भाव खल्बल्याउने खालका प्रस्ताव राखिनु गलत भएको टिप्पणी गरेका थिए ।

Related Articles

Close